बिजपाटी सम्बाददाता     Mar 28, 2020 | 12:32:57 PM


tansen

फाइल फोटो

काठमाडौंबाट नेपालगञ्जको लागि उडेको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज एयरपोर्टमा सामान्य दुर्घटनामा परेको छ। विमान नेपालगञ्ज विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको बताईएको छ 

विमान चिप्लिएर झाडीतर्फ पुगेको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । विमानमा चालक दलका सदस्य र तीन जना चिकित्सकको टोली थियो ।  विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन गएको हो ।

दूर्घटनाको थप विवरण आउन बाँकी छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका