प्रदेश १ को जनसुरक्षा कोषमा एक करोड संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 08:33:58 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैयाँ बढी संकलन भएको छ । 

कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेको छ । सामाजिक संघ संस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैया जम्मा गरेका छन् । कोषमा मन्त्रिपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेश सभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रकसन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैयाँ जम्मा गरेका छन् । 

त्यस्तै सिद्धार्थ बैङ्कले १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले ७ लाख, कृषि विकास बैङ्क लिमिटेडले ५ लाख, नेपाल बैङ्क लिमिटेडले ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैया जम्मा गरेका छन् । एस आइ डी वि एलबाट दुई लाख दुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रुपैया कोषमा जम्मा भएको छ । 

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । कोष राष्ट्रिय बाणिज्य बैङ्क विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved