लकडाउनमा कडाइ, एक तहबाट अर्कोमा जान नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2020 | 08:36:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषदको बैठकले एकैदिन कोरोना भाइरसका थप ३ संक्रमित फेला परेपछि लकडाउनमा  थप कडाई गर्ने निर्णय गरेको हो 

जस अनुसार सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले लकडाउन थप्ने बारे भने आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिएका छन् ।

सरकारले पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved