बिईगं ह्युमनको सहयोगमा पशुपतिका बाँदरलाई फलफुलको भोजन (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 11:10:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सलमान खानद्वारा सञ्चालित बिईगं ह्युमन फाउण्डेसन मातहतको नेपालको बिईगं ह्युमन क्लोथिङले पशुपतिनाथ मन्दिर आसपासका बाँदरलाई फलफुल भोजन गराएको छ। 

भोजन अभावका कारण पशुपतिनाथ मन्दिर आसपासका बाँदर मर्न थालेको खबर प्राप्त भएपछि तत्कालै त्यस क्षेत्रका बाँदरलाई फलफुल भोजन गराएको बिईगं ह्युमन क्लोथिङका प्रमुख कार्यकारी अधिकृत सुरज केसीले जनाएका छन्। स्थानीयको सहयोगमा आफुहरुले भोजन गराएको उनको भनाई छ। 

सीईओ केसीले अहिले आपतकालिन अवस्थामा सहयोग गरिएको भएपनि आफ्नो संस्थाले ट्राफिक प्रहरीलाई सुरक्षाजन्य सामग्री तथा दैनिक ज्यालादारी श्रमिकलाई खाद्यान्न वितरण गर्ने तयारी गरेको बताए। 

बिईगं ह्युमन फाउण्डेसनले बिईगं ह्युमन ब्राँण्डका सामग्रीहरु बिक्रि गरेवापत हुने आम्दानिको एउटा निश्चित हिस्सा परोपकार तथा सामाजिक उत्तरदायित्वका लागि छुट्याउदैँ आएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved