प्रदेश १ कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख जम्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 06:02:59 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा एक करोड ६३ लाख भन्दा बढी रकम जम्मा भएको छ । हालसम्म ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोषमा सोमबार थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । 

कोषमा आइतबारसम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । 

राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved