११ दिनपछि परिवारले बुझे कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव, यस्तो भयो सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 06:14:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मृत्यु भएको ११ दिनपछि बाबुराम थापाको अन्तिम संस्कार हुने भएको छ । हिन्दु धर्ममा मृत्यु संस्कार १३ दिनमा सकिन्छ । तर बाबुरामको शव भने ११ दिनसम्म अस्पतालमै बस्यो ।

बुटवलको कोरोना अस्पतालमा चैत १६ गते ज्यानगुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेका हुन्।आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवार सहमत भएका हुन्। उपचारमा लार्पबाही भएको भन्दै परिवार क्षतिपूर्ति माग गरेका थिए । बुटवलमा क्रियाशिला सामाजिक संस्था, मृतकका आफन्त र सामाजिक विकास मन्त्रालयबीच भएको छलफलले शव उठाउने सहमति गरेको हो ।

प्रदेशसरकार समाजिक विकास मन्त्रालयको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोराहरुलाई कक्षा १२ सम्म निशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी संविधानसभाका पुर्व सदस्य विनोद पहाडीले जानकारी दिए ।

मृतकका परिवारलाई सामाजिक संघसंस्थाहरुले ८ लाख राहत दिने समेत निर्णय भएको छ । पाल्पाली समाजले ५ लाख ५० हजार, टण्डन समाजले १ लाख५० हजार र थापा समाजले १ लाख राहत जुटाएर परिवारलाई दिने सहमति भएको मानव अधिकार शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोबिन्द खनालले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved