कालिमाटी तरकारी बजार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 10:58:40 AM मा प्रकाशित

laxmi  sunrise bank

देशकै ठूलो तरकारी तथा फलफूल बजार ‘कालीमाटी तरकारी बजार’ बिहीबारबाट बन्द भएको छ । उपभोक्ताको भिड कम नभएपछि काठमाडौँ महानगरपालिकाले बजार नै बन्द गर्ने निर्णय गरेको हो । कालिमाटी बजारमा तरकारी आयात भएपनि किनबेच भने महानगरले तोकेका बजारबाट मात्रै गरिने जनाइएको छ ।

महानगरपालिकाले विभिन्न ११ स्थानमा अस्थायी बजार बनाएर तरकारी तथा फलफुलको बिक्री वितरणको व्यवस्था गर्न कालीमाटी समितिलाई निर्देशन दिएको छ । 

महानगरपालिकाले काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खुसहित ११ स्थानबाट तरकारी बिक्री गर्ने भएको छ । बिक्री अन्यत्रबाट हुने भएपनि बाहिरबाट आएका तरकारी तथा फलफुलको भण्डारण भने कालिमाटीमा नै गरिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved