निर्माण व्यवसाय विकास परिषद्ले हरेक प्रदेशलाई १३ लाख दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2020 | 09:20:16 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसाय विकास परिषद्ले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सबै प्रदेशलाई रु १३ लाखका दरले सहयोग गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा बसेको बैठकले प्रदेशस्तरीय कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा रु ९१ लाख दिने निर्णय गरेको हो ।

परिष्दले यसअघि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड उपलब्ध गराइसकेको छ । परिषद्मा नेपाल निर्माण व्यवसायी महासङ्घसहित निर्माण व्यवसायसँग सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधि रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved