लकडाउन थपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 09:52:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ  । दिउँसो २ बजेको लागि बैठक बोलाईएको प्रधानमन्त्री कार्यालयले जनाएको छ  ।

बैठकले लकडाउन थप बारे निर्णय गर्ने बताईएको छ  । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले एक हप्ता लकडाउन अवधि लम्ब्याउन सिफारिस गरेको छ । समितिको शनिवार बसेको बैठकले एक हप्ता लकडाउन लम्ब्याउन सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले अब हुने लकडाउन फरक मोडालिटीमा गर्ने बारे पनि निर्णय गर्न सक्ने जनाईएको छ  ।

 सरकारले अन्तिम पटक थपेको लकडाउनको अवधि बैशाख १५ गते सोमबार सकिँदैछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved