वामदेवसँग छलफल सकेर प्रधानमन्त्री ओली शितलनिवासमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 05:27:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा सचिवालय बैठक बस्नु अगाडी प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवासमा पुगेका छन्। पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली शितलनिवास पुगेको आंकलन गरिएको छ। 

पार्टीको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यद्दपी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित भेटघाटका लागि प्रधानमन्त्री ओली शीतल निवास आएको बताएका छन्। अधिकारीले साढे चार बजे प्रधानमन्त्री शीतल निवास पुगेको बताए।

आज ४ बजे बस्ने भनिएको बैठक ५ बजेलाई सारेर प्रधानमन्त्री ओलीले बालुवाटारमा पार्टी उपाध्यक्ष गौतमसँग छलफल गरेका छन्।बालुवाटारमा छलफल जारि रहंदा सचिवालय सदस्य इश्वर पोखरेल, बिष्णु पौडेल, रामबहादुर थापा ुबादल समेत बालुवाटार पुगेका छन्। प्रधानमन्त्री ओलीले राजिनामा दिनुनपर्ने गरि ५र४ को अनुपातमा सहमति जुटेको स्रोतको भनाई छ। ओलीको विपक्षमा प्रचण्ड सहित माधब कुमार नेपाल, नारायनकाजि श्रेष्ठ र झलनाथ खनाल देखिएका छन्। 

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको उन्मुलन भएपछि आफूले राजीनामा गरेर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए । ओलीले प्रधानमन्त्रीमा गौतम र पार्टीको तेस्रो अध्यक्षमा माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए।प्रधानमन्त्री ओलीको उक्त प्रस्तावमा गौतमले पार्टी कमिटीबाट औपचारिक निर्णय हुनुपर्ने माग गरेका छन् भने नेता नेपालले प्रस्ताव अस्विकार गर्दै आएका छन्।  

यस अघि: 

नेकपामा ५/४ को अनुपात, ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिनुनपर्ने सहमति !

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved