चौतर्फी दबाबपछि नेकपाले बोलायो स्थायी कमिटी बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 08:56:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार बसेको सचिवालय बैठकले बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । 

स्थायी कमिटीमा सहमतिका साथ एजेण्डा लैजान बैशाख २४ गते सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केही दिनअघि २० जना स्थायी कमिटी सदस्य तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल प्रचण्डलाई हस्ताक्षर नै संकलन गरेर बुझाएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved