एनबिआईद्वारा सरकारलाई ३० लाख बराबरको मेडिकल सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2020 | 09:20:26 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय ब्यबसायीक पहल (एनबिआई) ले सरकारलाई ३० लाख बराबरको १ हजार थान पीपीईसेट सहितका मेडिकल सूरक्षा सामाग्री प्रदान गरेको छ । एनबिआईले आफ्नो संस्थाको पदाधिकारी तथा सदस्यहरु र शुभेच्छुक साधारण सदस्यबाट सहयोग संकलन गरी संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत  ति सामाग्री प्रदान गरेको जनाएको छ  ।

एनबिआईले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री माननीय लेखराज भट्ट मार्फत स्वास्थ्य मन्त्रालयलाई सामाग्री हस्तान्तरण गरेको हो । सो अवसरमा एनबिआईले उद्योग ब्यबसाय संचालन गर्ने पूर्व तयारी कार्य योजना तयार गरी प्रकाशनको चरणमा रहेको मन्त्री भट्टलाई जानकारी गराएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved