मल्होत्राद्वारा चिकित्सक संघलाई पाँच हजार मास्क सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 02:03:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार वटा मास्क हस्तान्तरण गरेका छन् । मल्होत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।

कोरोना भाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सक साथीहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा मल्होत्राले खुशी व्यक्त गरे । उनले भोलिका दिनमापनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढने जनाउदै अहिलेको महामारीमा संघलाई अन्यथप सहयोगपनि गर्ने प्रतिबद्दता व्यक्त गरे । त्यस्तै उनले आफ्नो कम्पनीले दैनिक करिब ७० हजार मास्क उत्पादन गर्दै आएको र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिदै आएको बताए । अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत उनको दाबी छ ।

त्यस्तै मास्क हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष डा.कार्कीले कोरोना भाइरस फैलनसक्ने त्रासकाबीच मास्क अभाव भइरहेका बेला मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशकनलगि धेरै राम्रो काम र ठुलो सहयोग गरेको बताए । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved