सर्वदलीय बैठकको निष्कर्ष: लिपुलेकमा भारतले बनाएको सडक नेपालकै भूमि हो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 10:14:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वदलीय बैठकले लिपुलेकमा भारतले बनाएको सडक नेपालकै भूमिमा भएको निष्कर्ष निकालेको छ। आज बसेको वैठकले भारतले चीनसँग जोड्न लिपुलेकमा खनेको सडकको भूभाग नेपालकै भएको निष्कर्ष निकाल्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निर्णय गरेको छ। 

बैठकले कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्ने ठहर गरेको छ। बैठकमा सहभागी सवै दलका प्रतिनिधिहरुले भारतले सडक बनाएको भूभाग नेपालको भएको भन्दै त्यसका लागि प्रभावकारी कुटनीतिक कदम चाल्नुपर्ने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रहितमा देखिएको एकताको सम्मान गर्दै पुर्खाले बचाएको नेपाललाई बचाउने र त्यसका लागि सवैको साथ चाहिने बताएका थिए। प्रधानमन्त्री ओली भारतसँग अविलम्ब वार्ता होस् भन्ने पक्षमा रहेको प्रधानमन्त्रीको भनाइ उदृत गर्दै मन्त्री ज्ञवालीले सञ्चारकर्मीमाझ बताए ।

त्यस्तै उनले भारतसँग आफूहरुले असल सम्बन्ध राख्न चाहेको, कोरोना नियन्त्रणमा भारतले गरेको सहयोग सकारात्मक भएपनि कोरोनाकै बेला भारतले लिपुलेकमा सडक निर्माण गरेर उद्घाटन गर्नु ठिक नभएको प्रधानमन्त्रीको भनाइ रहेको बताए।  

प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सर्वदलीय बैठकले कालापानीबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने निष्कर्ष पनि निकालेको छ । 

संसदमा प्रतिनिधित्त्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्रीहरु सर्वदलीय बैठकमा सहभागी थिए । बुधबारको छलफलमा सुरुमा सरकारले आफ्नो तर्फबाट सीमा रक्षाका लागि गरेको पहलका बारेमा सहभागीहरुलाई जानकारी दिइएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved