मन्त्रिपरिषद्को बैठक बस्दै, के छन् एजेण्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 05:37:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बेलुका मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ६ बजे बैठक बोलाएका हुन् ।

बैठकले विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे छलफल गर्ने बताईएको छ । विभिन्न देशमा रहेका र नेपाल आउन चाहनेलाई कसरी नेपाल ल्याउने भन्ने छलफल हुन लागेको हो । त्यस्तै श्रम स्वीकृति लिएर बसेकालाई कसरी गन्तब्य मुलक पठाउन सकिन्छ भन्ने बारे पनि बैठकमा छलफल हुने छ  ।

त्यस्तै बैठकले हाल क्वारेन्टाइनमा रहेकालाई श्रममा लगाउन दिने बारे, र रोग प्रतिरोधी क्षमता बढाउँन जडिबुटीको प्रयोगमा जोड दिनको लागि के गर्न सकिन्छ भन्ने बारे पनि छलफल गर्न सक्ने जनाईएको छ । आइतबारको बैठकमा यी दुई विषयमा छलफल भए पनि निर्णय भईनसकिएको सरकार प्रबक्ता तथा अर्थ एवम संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताएका थिए । आजको बैठकले त्यस बारे पनि निर्णय गर्न सक्ने  बताईएको छ  ।

साथै नेपालको नयाँ नक्सा जारी गर्ने बारे पनि छलफल हुन् सक्ने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved