बिजपाटी सम्बाददाता     May 18, 2020 | 05:54:57 PM


कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलबस्तु जिल्ला जेठ २० गतेसम्मकालागि सिल भएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्मको लागि जिल्ला सिल गर्ने निर्णय  गरेको हो । 

जिल्ला सिल भएपनि खाद्यान्न तथा तरकारी पसलहरु भने हप्ताको तिन दिन खुल्ने जनाइएको छ । खाद्यान्न तथा तरकारी पसलहरु सोमबार, बुधबार र शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ने जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी गराएका छन् ।

जिल्लामा हालसम्म ४३ जनामा कोरोण संक्रमण भएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका