नयाँ नक्सा लागू गर्न संविधान संशोधन हुन्छ: प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 01:42:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा लागु गर्नको लागि संविधान संशोधन गरिने बताएका छन् । जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले कालापानी, लिपुलेक, र लिम्पियाधुरा सहितको नयाँ नक्सा पारित गरेको जानकारी दिदै यसलाई लागु गर्न संविधान संशोधन गरिने बताएका हुन् ।

उनले नेपालको संविधानको अनुसुची ३ मा नेपालको निशान छापको ब्यबस्था रहेकोले त्यसलाई संशोधन गर्नु पर्ने बताएका हुन् । उनले नयाँ नक्सा लागु गर्नको लागि संविधान मै संशोधन गर्नु पर्ने भएकोले त्यसलाई पारित गर्नको लागि सांसदहरुलाई आग्रह गरेका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय विवादित नभएको र उक्त भुमि नेपालकै भएको बताउदै प्रधानमन्त्री ओलीले ति जसरी पनि फिर्ता ल्याईने प्रतिबद्दता जनाएका छन् । संविधान संशोधन गरेर निशान छापमा नेपालको नयाँ नक्सा राख्दा कुटनीतिक रुपमा नेपाललाई ठुलो मद्दत पुग्ने उनले बताएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved