एमसीसीले नबनाए पनि लप्सीफेदी-बुटवल प्रसारण लाइन बन्छ : प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 02:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा लप्सीफेदीदेखि बुटवलसम्म प्रस्ताव गरिएको प्रसारण लाइन बन्ने बताएका छन् । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै उनले नेपाललाई बिजुली बेच्नु पर्ने भएकोले प्रस्ताव गरिएको लप्सीफेदी–रातमाटे हेटौडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल चार सय केभी प्रसारणलाइन निर्माण प्रसारण लाइन जसरी पनि बन्ने बताएका हुन् । 

उनले यो प्रसारणलाइन एमसीसीले नबनाएर आफै बनाईने समेत बताए ।  उनले भने “एमसीसी पारित भए पनि नभए पनि, पेट काटेर भए पनि, पटुका बाधेर भए पनि ट्रान्समिशन लाइन बनाउँछौं, ट्रक, रेल, पानी जहाजबाट विद्युत निर्यात गर्न सकिदैन। ट्रान्समिसन लाइन नै चाहिन्छ।” 

 उनले एमसीसी पास गर्ने–नगर्ने संसद्को कुरा रहेको बताउदै उनले भने ' सभामुखज्यूको टेबलमा यो आइसकेको छ, के गर्ने भन्ने संसद्ले निर्णय गर्ने कुरा हो ।’

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved