मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 09:59:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजेको लागि बैठक बोलाएका हुन्

बैठकमा विदेशमा अलपत्र नेपालीलाई फर्काउने सम्बन्धमा, कोरोना रोकथाम तथा नियन्त्रणका प्रयासबारे छलफल हुने बताईएको छ । केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

त्यस्तै आजको बैठकमा संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने विषयमा छलफल गर्ने बताईएको छ। नेपालले केहि दिन अगाडी  लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नयाँ नक्सा जारि गरेको थियो । त्यसलाई लागु गर्न संविधान संशोधन गर्नु पर्ने हुन्छ । संविधानमा निशान छाप रहेको र त्यसमा नेपालको नक्सा पनि रहेकोले त्यसमा नयाँ नक्सा राख्नु पर्छ । आजको बैठकले यस बारे निर्णय गर्न सक्ने बताईएको छ 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा केही दिनअघि  सरकारले छिट्टै संविधान संशोधनको प्रस्ताव ल्याउने बताएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved