प्रदेश २ मा २ वटा पिसिआर मेसिन थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 07:05:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना माहामारी रोकथाम, नियन्त्रणका लागि प्रदेश २ सरकारले जनकपुर र राजविराजको लागि २ वटा पिसिआर मेसिन ल्याएको छ । मन्त्री परिषदले जनकपुर, विरगंज र राजविराजमा परीक्षण ल्याव संचालन गर्ने निर्णय गरे अनुरुप जनकपुर र राजविराजको लागि आरटि पिसिआर मेसिन खरिद गरेर ल्याएको हो ।

जनकपुर स्थित पशुरोग अन्वेशन प्रयोगशालामा आरटि पिसिआर मेसिन संचालनमा ल्याइने छ भने राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याव संचालन गरिने जनाइएको छ । सोमबारदेखी दुबै मेहिन संचालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहले जनाकारी दिएका छन् ।  उक्त मेसिनको क्षमता ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने रहेको जनाइएको छ । विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी पिसिआर जडान भई यस अघि नै संचालनमा आइ सकेको छ। 

त्यसै गरि प्रदेश सरकारले उपचार, तथा परीक्षणको कार्यलाई थप दुरुस्त बनाउन गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधी एवं अन्य सामग्री खरिदका लागि ५० लाख र विरगंज स्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख निकासा गरेको छ । प्रदेश सरकारले नेपाली सेना द्वारा संचालन हुने गरि राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय बेडको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न समेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेट अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । त्यसै गरि विरगंजमा विदेशबाट आउने नागरिक लाई राख्न ५ सय बेडको होल्डिङ्ग क्वारेन्टाइन समेत नेपाली सेनाले नै संचालन गर्ने गरि आवश्यक रकमको व्यवस्था गरेको जनाइएको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्यामा तीब्र वृद्धि भइ रहेको अवस्थामा स्थानीय स्तरमै कन्ट्रयाक्ट ट्रेसिङ्ग मार्गदर्शनका लागि अभिमुखी संचालन गर्ने र विभिन्न जिल्लाको विभिन्न स्थानमा गई केस इन्भेस्टिगेशन गर्न समेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved