रोल्पालीको प्रश्न 'जनशक्ति र स्वास्थ्य सामाग्री बिना कोरोनासँग कसरी लड्ने' ?

महेश न्यौपाने

महेश न्यौपाने

May 24, 2020 | 10:39:50 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरुमा देखिएको कोरोना संक्रमण पहाडी जिल्लामा समेत बिस्तार हुन थालेसंगै पहाडी जनजीवन प्रभाबित हुन थालेको छ । सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध नभएका रोल्पाका स्वास्थ्य संस्थामा कोरोना संक्रमण बिस्तार भए कसरी नियन्त्रण गर्ने भन्ने बिषयले यहाँका स्बास्थ्य संस्थाहरु चिन्तित देखिएका छन् ।

'कोरोनाको पोजेटिभ तर सामान्य केस आए जिल्लामै उपचार गर्ने  भनिए  पनि जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरु जनशक्ति र स्वास्थ्य सामाग्री अभाव छ' रोल्पा  अस्पताल प्रमुख डा. धनमाया घर्तीले भनिन् । उनका अनुसार जिल्लामा कोरोना  बिरुद्ध लड्न जनशक्ति र सामाग्री दुबैको अभाव छ । कोरोना बिरुद्ध आवश्यक सामाग्रीको रुपमा केही थान पिपीई बाहेक अरु सामाग्री नभएको घर्ती बताउछिन्। 'जिल्लाकै एक मात्र अस्पतालमा  समेत भेन्टिलेटर, अक्सिजन आदीको अभाव छ' घर्तीले भनिन् । 

जिल्लामा डाक्टरको संख्या समेत निकै कम रहेको छ । जिल्लामा रहेको २ लाख ३७ हजार २४० जनसंख्याका लागि ९ जना मात्रै डाक्टरले सेबा दिईरहेका छन् । रोल्पा अस्पताल रेउघामा ४ जना डाक्टरहरुले सेवा दिईरहेका छन्। यसैगरि जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रमा २ सहित ६ जना डाक्टरले सरकारी संस्थाबाट सेवा दिईरहेका छन्। जिल्लामा ३ बटा नीजि अस्पतालबाट ३ जना डाक्टरले उक्त सेवा दिइरहेको बताईन्छ ।  नीजि अस्पतालमा  भने डाक्टरहरु  नियमित बस्ने गरेको पाईदैन । जिल्लामा २६ हजार ५ सय जनताका लागी एक जना डाक्टरले सेवा दिने गरेका छन्। 

१५ सैयाको रोल्पा अस्पतालमा २ करार र २ स्थायी गरि ४ जना मेडिकल सुपरिडेन्टहरुले सेबा प्रवाह गरिरहेको बताइएको छ । सुलिचौर प्राथमिक स्वास्थ्य  केन्द्रमा २ र होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ डाक्टरले सेवा दिईरहेको जिल्ला स्बास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोख्रेलले जानकारी दिए । सदरमुकाम लिवाङ, सुलिचौर र घर्तीगाउँमा रहेका एक एक नीजि अस्पतालहरुमा समेत डाक्टरले सेवा दिईरहेका भनिए पनि तीनिहरुको सेवा भने नियमित छैन । 

दक्ष चिकित्सकको पहुँचबाट टाढा रहेका रोल्पालीहरु सामान्य बिरामी पर्दा समेत जिल्ला बाहिर जानु पर्ने बाध्यतामा रहेका छन्।' सामान्य बिरामी पर्दा समेत ठूलो धनरासी खर्च गरेर जिल्ला बाहिर जानु पर्छ' रोल्पा नगरपालिका ४ की तीर्था आचार्यले भनिन्।' डाक्टरको संख्या नै कम छ भएका डाक्टरबाट पनि बिशेषज्ञ सेवा पाईदैन' आचार्य भन्छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved