सेनाले किनेको स्वास्थ्य सामग्री लिन अन्तिम पटक चीन जाँदै वाइडबडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 11:27:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन नेपाल वायुसेवा निगमको वाइडवडी जहाज आज चीन जाने भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार चीनको ग्वान्जाओमा राखिएको स्वास्थ्य सामाग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको हो । 

आज साँझ जाने वाइडवडी २८.६६ टन स्वास्थ्य सामाग्री लिएर भोलि फर्किनेछ । सेनाले खरिद गरेको स्वास्थ्य सामग्री जहाजमार्फत ल्याउन लागेको अन्तिम पटक हो । 

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३४१ टन स्वास्थ्य सामाग्री मध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य समाग्री स्थल मार्गबाट ल्याउने योजना रहेको बताएको छ । सैनिक प्रवक्ता पाण्डेका अनुसार हालसम्म आधा स्वास्थ्य सामग्री आइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved