भारतीय पत्रिकासँग परराष्ट्रमन्त्रीले भने, ‘कालापानीबाट भारतले सेना हटाओस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 11:22:38 AM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । भारतीय पत्रिका द हिन्दुसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले सुगौली सन्धिको भावना सम्मान गर्दै सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन् । 

‘कालापानीबाट सेना फिर्ता गरी सो भूभाग नेपाललाई फिर्ता गरेको अवस्थामा मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘भारतले नेपाली भूभागमा एकतर्फी रुपमा सडक बनाउनु हुँदैनथ्यो र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने थियो भन्ने कुरामा पुनः जोड दिन चाहान्छौं ।’

मन्त्री ज्ञवालीले भारतले बिगतमा भएका सहमतिको ठाडो उल्लंघन गरेको बताएका छन् । मन्त्री ज्ञवालीले भनेका छन्, ‘भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन हो ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved