मन्त्रिपरिषद्को बैठक बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 01:27:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै छ । बजेट पारित गर्नको लागि बैठक बस्न लागेको हो  । बैठक दिउँसो २ बजेको लागि बोलाईएको छ ।

 सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे आज आगामी आर्थिक वर्ष २०७७÷७८ को राजश्व र आयको विवरण (बजेट) पेश हुने छ । नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन्।

संयुक्त सदनमा बजेट पेश भएपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ । दोस्रो बैठकमा आर्थिन ऐन पेश हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved