कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 04:42:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ  । भारतबाट नेपाल फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ देखिएसंगै मृतकको संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। 

भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा ३५ वर्षीयति युवाको बाटोमै  मृत्यु भएको थियो । भारतबाट नेपाल आउने क्रममा जेठ १० गते लखनउ नजिक आइपुग्दा बसमै उनको मृत्यु भएको थियो । उनलाई छाती दुख्ने र बान्ता हुने भएको जनाइएको छ ।

भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परीक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ। उनको शवलाई एम्बुलेन्समार्फत नेपाल ल्याइएको र शवसंगै आएका दुइजनाको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । 

उनको शव अन्त्योष्टि गरिसकेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved