“डिशहोममा डिलर दाईको डिस्काउन्ट” योजनाको विजेतालाई उपहार प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 11:26:50 AM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले “डिशहोममा डिलर दाईको डिस्काउन्ट” नामक योजनाको विजेताहरुलाई नगत उपहार प्रदान गरेको छ । 

योजना अन्तर्गत विजेता बनेका डिशहोमको सेटअप बक्सको क्यास आइडि नं ०२५५८२०६२८९ र ७१९०२५६४३०२ लाई एक एक लाख रुपैयाँ नगद उपहार प्रदान गरेको हो । 

डिशहोमले लक्किड्र मार्फत विजेता घोषण गरेको जनाएको छ । डिशहोमले जेठ नौ गतेदेखि जेठ १५ गतेसम्म फण्ड ट्रान्सफर मार्फत बार्षिक रिचार्ज गर्ने  ग्राहकहरुलाई समावेश गरेर लक्किड्र सम्पन्न गरेको जनाएको छ । उक्त लक्किड्र डिशहोमको शोओकेस चेनल नं १०० बाट लाईभ प्रसारण गरेको जनाएको छ । लाईभ जेठ १६ गते साँझ ५ बजे प्रसारण भएको थियो । 

त्यस्तै आउने लाईभ लाक्किड्र जेठ २३ गते शोओकेस चेनल नं १०० बाट प्रसारण हुनेछ । उक्त लाक्किड्रमा जेठ १६ गतेदेखि २२ गतेसम्म फण्ड ट्रान्सफर मार्फत बार्षिक रिचार्ज गर्ने  ग्राहकहरुलाई समावेश गराउने डिशहोमले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved