क्वारेन्टिनमै बच्चा जन्मियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 04:18:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन् । सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन् । 

वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए । भारतबाट आएको तीन दिनपछि क्वारेन्टिनमा बसेका बेला २० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएको उनले बताइन् । 

सोही वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वारेन्टिनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको बताउनुभयो । उनका अनुसार क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ । 

क्वारेन्टिनमा सुत्केरी:

बूढीगङ्गा नगरपालिका–१ वडा कार्यालयले धुरालसैन माध्यमिक विद्यालयमा तीन दिनकी सुत्केरी महिला क्वारेन्टिनमा बसेको पाइएको छ । सोही नगरपालिका अम्कोटकी २० वर्षीया पूजा नेपाली रहेको वडा सदस्य थापाले बताए। 

भारतको पलियाबाट सुत्केरी भएर आएकी नेपाली र उनका श्रीमान्समेत सोही क्वारेन्टिनमा बस्दै आएकी छिन् । क्वारेन्टिनमा बसेका सुत्केरी आमा र शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी दिया सिंहले बताउनुभयो । उनीहरुको सुरक्षा सामग्री प्रयोग गरी जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved