विदेशबाट नेपाली फर्काउने सरकारको तयारी, यस्ता व्यक्तिलाई पहिलो प्राथमिकता

आउनु अगाडी कोरोना परिक्षण अनिवार्य, सबै खर्च स्वयंले बेहोर्नु पर्ने
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 11:23:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउनको प्राथमिकता निर्धारण गरेको छ । सरकारले भारत बाहेकका देशहरुबाट आउने नागरिकहरुको लागि विभिन्न १५ वटा प्राथमिकता निर्धारण गरेको हो । 

जस अनुसार पहिलो प्राथमिकता सजायबाट आममाफी पाएका श्रमिकलाई हुने छ भने दोस्रोमा डिटेनसन् सेन्टरमा रही नेपाल आउन अनुमति पाएकाहरु पर्ने छन् ।  

यस्ता छन् अन्य प्राथमिकता : 


हवाईमार्गबाट आउने अनिवार्य रुपमा आफुलाई कोरोना नभएको प्रमाण पेश गर्नु पर्ने छ ।  उनीहरुले पीसीआर परिक्षण टेस्ट, आरडिटी परिक्षण, तथा अन्य परिक्षण देखाउन सक्ने छन् । त्यस्तै हवाईमार्गबाट आएकाहरुलाई चक्रपथ भित्रका होल्डिंङ सेन्टरमा राखिने छ भने भारतबाट फर्केकाहरुलाई सीमा नजिकको उपयुक्त स्थानमा होल्डिंङ सेन्टरमा राखिने छ । भारतबाट आएकाहरुले  होल्डिंङ सेन्टरसम्म पुग्ने यातायात खर्च र हवाईमार्गबाट आएका हरुले नेपालसम्म आईपुग्न लागेको सम्पूर्ण खर्च आफै बेहोर्नु पर्ने छ  । होल्डिंङ सेन्टरमा राखिएका र नेपाल फर्किएका सबैलाई सिम कार्ड प्रदान गरी अनुगमन गरीराख्ने सरकारले तयार पारेको कार्यविधिमा उल्लेख छ  । त्यस अवधिभर उनीहरुले स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्डको पालना गर्नु पर्ने छ  । 

सरकारले व्यवस्थापनको लागि नेपाली सेनालाई पनि खटाउने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved