थप १० जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 08:56:26 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशमा थप १० जनामा अकोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार बिहान ५:४५ को विवरण अनुसार स्याङ्जामा ५ र पर्वतमा ५ गरी कुल १० जनामा संक्रमण पुष्टि भएको हो 

निर्देशनालयका अनुसार स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २० का १ जना पुरुष गरि स्याङ्जा जिल्लामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। 

यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ 

उनीहरु सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ  ।  यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको  छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved