काठमाडौँमा ४ सहित थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 04:27:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आज एकै दिन २८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको हो ।

विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा जनामा २८८ कोरोना पुष्टि भएको हो । यो एकैदिन संक्रमण देखिएका हालसम्म कै उच्च संख्या हो । आज संक्रमित भएका मध्ये ७४ जना रौतहटका रहेका छन् । आज टेकु प्रयोगशालामा गरिएको परिक्षणमा मात्र ११६ जनामा  संक्रमण पुष्टि भएको हो ।  

आज काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २६६ जना डिस्चार्ज भएका छन् । 

हालसम्म ६१ जिल्लामा संक्रमण पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved