५ दिन मै कोरोना संक्रमितको संख्या दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 05:18:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । आज मंगलबार (पछिल्लो २४ घण्टा)मा थप २८८ जनामा कोरोना पुष्टि भएर संक्रमितको संख्या २०९९ पुगेको हो । 

नेपालमा जेठ १५ गते कोरोना संक्रमितको संख्या १ हजार नाघेको थियो । त्यस दिन कुल संक्रमितको संख्या १०४२ पुगेको थियो । त्यसको ५ दिन मै संक्रमितको संख्या दोब्बर भन्दा बढी भएको छ ।  एक साताको अवधिमा १३ सय बढी संक्रमित भएका हुन् ।

आज काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ६१ जिल्लामा संक्रमण पुगेको छ भने ८ कोरोना संक्रमितको मृत्यु भएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved