यस्तो रहनेछ आगामी ३ दिनको मौसम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 09:34:00 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले हाल  नेपालमा स्थानीय वायुपश्चिमी  वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव  रहेको जनाएको छ । यसका कारणले हाल देशको प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै भू-भागमा र प्रदेश १ का पहाडी भू-भागहरूमा सामान्य बदली रहेको विभागले जनाएको छ । त्यस्तै कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश सहित प्रदेश २ का केहि भू-भागमा आंशिक बदली रहेको तथा प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि भू-भागमा हल्का बर्षा भइरहेको विभागले जनाएको छ।

यस्तो छ विभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान 

जेठ २७ गते (मंगलबार)

दिउँसोः प्रदेश १बाग्मती प्रदेश, गण्डकी प्रदेशकर्णाली  सुदुर पश्चिम प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १बाग्मती प्रदेशगण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशसुदुर पश्चिम  प्रदेशप्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  प्रदेश १बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली  तथा प्रदेश २, प्रदेश ५ र  सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको   सम्भावना रहेको छ। 

जेठ २८ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। प्रदेश १बाग्मती प्रदेशगण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशसुदुर पश्चिम  प्रदेशप्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः प्रदेश १बागमतीगण्डकी प्रदेशका भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १बाग्मती प्रदेशतथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ  सहित वर्षाको  सम्भावना रहेको छ। 

जेठ २९ गते (बिहिबार)

दिउँसोः  प्रदेश १बाग्मती प्रदेश, गण्डकी प्रदेशकर्णाली  सुदुर पश्चिम  प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली  रहनेछ।प्रदेश १बाग्मती प्रदेशगण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशसुदुर पश्चिम  प्रदेशप्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः प्रदेश १प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली  तथा सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा आंशिक बदली  रहनेछ।प्रदेश १प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ  सहित वर्षाको  सम्भावना रहेको छ।

विभागले प्रदेश १बाग्मती प्रदेशगण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशसुदुर पश्चिम  प्रदेशप्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved