१० अर्बको हिसाब माग्दै बुटवलमा प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 03:32:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवलमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज शुक्रबार बुटवलस्थित पुष्पलाल पार्कमा भेला भई कोरोना भाइरसको रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्च भनिएकोमा हिसाब सार्वजनिक गर्नुपर्ने लगाएतका माग राख्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

‘फिजिकल डिस्टान्स्ड, पिसफुल प्रोटेस्ट, बुटवल’ भन्ने नारासहित विरोधसभा आयोजना गर्ने अभियानमा यूवाहरु जुटेका हुन् । समाजिक सञ्जाल फेसबुकमा फिजिकल डिस्टान्स्ड, पिसफुल प्रोटेस्ट, बुटवल नामको ग्रुप बनाएर सडकमा उत्रेका हुन् ।

कोरोना परीक्षणको आरडिटि विधि विश्वसनीय नभएकाले शतप्रतिशत पिसिआर विधिबाट कोरोनाको परीक्षण गर्न, जातीय विभेद अन्त्य गर्न, गुणस्तरीय क्वारेन्टाइनको ब्यवस्था गर्नुपर्ने, एमसीसी खारेज गर्नुपर्ने लगाएतका विभिन्न प्लेकार्ड सहित उनीहरुले पुष्पलाल पार्क, हस्पिटल लाइन, बसपार्क लगाएतका क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।

विरोधलाई अनुशासित र सभ्य बनाउन भैरहवा र बुटवलमा प्रशिक्षण पनि गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा ‘पिस प्रोटेस्ट अगेन्स्ट गर्भनमण्ट स्टेट फाइभ अर्थात प्रदेश ५ सरकार विरुद्ध शान्तिपूर्ण आन्दोलन नामको समूह बनाई स्वतःस्फूर्त रुपमा सहभागि हुन आह्वान गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved