आज यी स्थानमा भारी वर्षाको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 08:40:32 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले सुदर पश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम/दक्षिण-पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव रहेको र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ  यसका कारण हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भईरहेको विभागले जनाएको छ।


विभागले आज मंगलबार दिउँसो देशका सबै प्रदेशहरुमा  सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १प्रदेश २, वाग्मती प्रदेशगण्डकी प्रदेशप्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।त्यस्तै आज राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ।विभागका अनुसार आज राति प्रदेश १बाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको  सम्भावना रहेको छ।


विभागले विभिन्न नदि तथा खोलामा बहाब बढेपनि सतर्कता तह भन्दा तल नै हुने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved