गुरुङ संग्राहलय र पर्यटन प्रवद्र्धनका लागि वहुउद्धेश्यीय भवन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 10:51:03 AM मा प्रकाशित

laxmi  sunrise bank

गुरुङहरुको भेषभुसा, कला संस्कृती र रहनसहनको  संरक्षण  गर्न रोल्पामा  गुरुङ संग्राहलय स्थापना गरिएको छ  । संघीय सरकारेका २ करोड ८९ लाख ४४ हजार रुपैयाँको लागतमा उक्त संग्राहलय निर्मण गरिएको हो ।

गुरुङ गाउँ सामुदायिक भवन तथा पार्क निर्माण नाम दिइएको उक्त योजना सघन शहरी तथा भवन निर्माण आयोजना घोराही दाङले निर्माण गरेको हो । गुरुङको घना वस्ती रहेको सो स्थानमा निर्माण गरिएको सामुदायिक भवनमा गुरुङहरुको कला संस्कृती, भेषभुसा संग्रहित गरिने गुरुङगाउँ सामुदायिक होम स्टेका अध्यक्ष हरिजंग गुरुङले जानकारी दिए ।

‘गुरुङ गाउँमा रहेको सामुदायिक होम स्टे, गुरुङ संग्राहलय र गुरुङ बस्ती एवम नजिकै रहेको नेपालकै अग्लो भ्यूटावर र रक गार्डेनलाई समेत प्याकेजमा जोड्नको लागी बहुउद्धेश्यीय भवनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौ’ गुरुङले भने । संग्राहलयमा २ तले भवन, बैठक कक्ष, मंच र गेट सहित आकर्षक पार्क समेत निर्माण गरिएका छ । 

 ‘सो स्थानलाई गुरुङहरुको सघन बस्ती भएको गाउँ मानिन्छ । घोटाने, लामीछाने र घले थरका ९० घर बढी गुरुङहरु सो गाउँमा बस्ने गर्दछन’, स्थानीय देवी गुरुङले भनिन् । केही बर्ष अघि देखी सो गाउँमा सामुदायिक होम स्टे समेत संचालन हुदै आएको छ । १० घरलाई होम स्टेको रुपमा विकास गर्ने भनिए पनि हालसम्म ५ वटा घरमा मात्रै होम स्टे संचालन भएको गुरुङले बताए । आगामी दिनमा क्रमशः घर थप्दै जाने योजना रहेको गुरुङले जानकारी दिएकी छिन् । 

रोल्पाको अर्गानिक खाना पाईने भएकाले आन्तरिक पर्यटकहरुको चहलपहल समेत बढेको बताईन्छ । गुरुङ परिकारका साथै ढिडो, सिस्नो, खोले, लोकल कुखुराको मासु, मकै भटमास, दही मही जस्ता स्थानीय परिकार खान पाईने भएकाले होम स्टेमा क्रमशः चहलपहल वढिरहेको स्थानीय हिरा घलेले जानकारी दिईन् । लकडाउन अघि राम्रो चहल पहल भएपनि कोरोना कहरपछि भने चहलपहल घटेको घलले बताएकी छिन् । 

जिल्ला सदरमुकाम लिबाङवाट १ घण्टाको पैदल दुरीमा पुग्न सकिने सो स्थानमा कच्ची मोटरबाटो पुगेको छ ।  सदरमुकाम स्थीत लिवाङ बजारका साथै अन्य स्थानको समेत दृश्यावलोकन गर्न सकिने सो स्थानको थप विकास गर्न सके रोल्पाको पर्यटन विकासमा टेवा पुग्ने बताईन्छ । सदरमुकाम लिवाङ गुरुङगाउँ हुदै सातदोवाटो स्थीत नेपालकै अग्लो भ्यूटावर जाने सडक जोड्न सके यहाँको पर्यटनमा योगदान पुग्ने स्थानीय दिलवहादुर गुरुङको भनाइ छ । 

रोल्पा  नगरपालिकाको स्वामित्व रहने गरि सघन शहरी तथा भवन निर्माण आयोजना घोराही दाङले उक्त भवन हस्तान्तरण  गरिसकेको रोल्पा नगरपालिकाले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved