संक्रमितको शव व्यवस्थापनमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2020 | 06:03:22 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयवासीले अवरोध गरेका छन् । कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएका गोरखा पालुङटारका ४४ वर्षीय पुरुषको सव व्यवस्थापनमा स्थानीयवासी अवरोध गरेका हुन् । 

अवरोधका क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको र प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको जनाइएको छ । पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका १२ र शहीद लखन गाउँपालिका १ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved