आज आइतबारदेखि थप अर्को मनसुनी प्रणाली थपिएको छ । भारतको उत्तर प्रदेशमा निम्न चापीय क्षेत्र निर्माण भएको मौसमविद्हरुले बाताएका छन् । यो प्रणालीको प्रभावले उत्तर प्रदेश नजिक रहेका नेपालका प्रदेशमा मनसुनी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।
‘यो प्रणालीका कारण विशेष गरी प्रदेश ५ मा वर्षा बढ्ने सम्भावना देखिएको छ’ उनले भने, ‘बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशमा पनि मनसुनी गतिविधि बढाउने सम्भावना छ ।’
आज दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, २, गण्डकी र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म् वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा आज राती भारी वर्षाको सम्भावना छ ।