स्वेच्छाले पीसीआर परीक्षण गराउन ९ प्रयोगशाला तोकिए (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 04:40:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रत्येक प्रदेशमा एक/एक वटा प्रयोगशालालाई स्वेच्छाले कोरोना भाइरसको पीसीआर परीक्षण गराउन चाहानेहरुको स्वाब परीक्षण गर्न दिने निर्णय गरेको छ । असार २४ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले हरेक प्रदेशमा एक/एक वटा प्रयोगशालालाई सरकारी निर्देशिका बाहेकका नमूना परीक्षण गर्न दिने निर्णय गरेको हो । 

जसअनुसार प्रदेश १ को कोशी अस्पताल, प्रदेश २ को नारायणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ को लुम्बिनी अस्पताल, बुटवल, कर्णाली प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढीबाट निर्देशिका बाहेकका नमूना परीक्षण हुने भएका हुन् । 

मन्त्रालयले यसअघि नै काठमाडौँका वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई निर्देशिका बाहेकका नमूना परीक्षण गर्न अनुमति दिईसकेको छ । 

यसरी स्वेच्छाले परीक्षण गराउँदा ५ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ । यो शुल्क सरकारले नै तोकेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved