बिदेशी मिडियाले खोल्यो विवादित ओम्नी र ओलीको सम्बन्धको पोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 12:07:43 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वभरको गतिबिधि नियाल्ने एक अन्तराष्ट्रिय समाचार सँस्थाले विवादास्पद ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्धबारे पोल खोलेको छ। व्यवसायिक गतिबिधि मार्फत कमजोर आर्थिक अवस्था भएका देशहरुमा चीनले आफ्नो प्रभुत्व कसरि जमाउँछ भन्नेबारे गरिएको अध्ययनमा यस्तो खुलासा गरिएको हो। 

दिर्घकालिन रुपमा आफ्नो प्रभुत्व जमाउन नेपाल लगायतका देशका कार्यकारी प्रमुखलाई कसरी प्रभावमा पारिरहेको छ भन्नेबारे गरिएको अध्ययनमा नेपालका प्रधानमन्त्री ओली र ओम्नीबीचको सम्बन्धबारे उल्लेख गरिएको छ। 

कोरोना उपचारमा प्रयोग हुने सामाग्री ल्याउन आफु निकटको व्यवसायिक फर्म ओम्नी को प्रयोग प्रधानमन्त्री ओलीले कसरी गरे भन्नेबारे उक्त समाचारमा उल्लेख छ। 

हाल छानबिनको क्रममा रहेको ओम्नी मार्फत खरिद गरिएको मेडिकल सामाग्री मार्फत स्वास्थ्य मन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सल्लाहकार तथा ओलीका निकटका व्यक्तिहरुले घुस लिएको ग्लोबल वाच एनालिसीस को दाबि छ। 

ओम्नीले चीनबाट खरिद गरेको ७ मिलियन युरो अर्थात करिब १ अर्बको मेडिकल सामाग्री न्यून गुणस्तरको मात्र नभई अत्यन्त महँगो भएको समेत उक्त रिपोर्टमा उल्लेख छ। त्यसो त ओम्नी समूहसँग भएको सम्झौता विवादित र त्रुटीपूर्ण रहेको भन्दै संसदको सार्वजनिक लेखा समितिले खरिद प्रकृयामा संलग्न अधिकारीहरुसँग ‘बयान’ लिएको छ।

समितिले तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठ र मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीलाई बोलाएर उनीहरुबाट बयान लिएपनि कुनै निर्णय गरेको छैन । अर्को बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेर निर्णय लिइने समितिका सभापति भरतकुमार शाहले बताए। 

ओम्नीसँग भएको सम्झौतामा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्रीहरुले यो स्वास्थ्य सेवा विभागले गरेको भन्दै पन्छाउने गरेका छन् भने कोइराला र डा. कार्कीले खरिद प्रक्रिया उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय राजनीतिक समन्वय समिति र मन्त्रीहरुतिरै फर्काएका छन्। 

आफुलाई ब्यापार व्यवसाय थाहा नभएको र राजनीति मात्रै थाहा भएकाले ओम्नीबारे थाहा नभएको प्रधानमन्त्री ओलीले  प्रतिनिधिसभाको बैठकमा बताएका छन्। प्रधानमन्त्री ओलीले स्वास्थ्य विभागले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीमा कुनै भ्रष्टाचार भएको पाएमा कारबाही हुने बताए पनि अहिलेसम्म कुनै कारबाही भएको छैन. 

त्यस्तै ग्लोबल वाच एनालिसीसले न्यूनगुणस्तर सामान अत्यन्त महँगो शुल्कमा किनेर विवादास्पद बनेको ओम्नीको यो पहिलो घटना नभएको दाबि गरेको छ। २०१७ मा भएको तिनै तहको निर्वाचनमा प्रयोग गरिएको निर्वाचन मतदाता नामावली छाप्ने जिम्मेवारी समेत राम्रो रेकर्ड नभएको ओम्नीलाई दीएर आर्थिक चलखेल गरिएको रिपोर्टमा उल्लेख छ। 

निर्वाचन मतदाता नामावली छाप्ने मेसिन न्यून गुणस्तर तर महँगो भएको र यसको सम्बन्ध पनि प्रधानमन्त्री ओलीका अति निकटसँगका व्यक्तिसँग भएको रिपोर्टमा दाबि गरिएको छ। निर्वाचनका क्रममा प्रयोग गरिएको फोटो सहितको मतदाता नामावली कम गुणस्तरको भएको भन्दै त्यसको चर्को आलोचना भएको थियो। 

ग्लोबल वाच एनालिसीसले नेपाल सहित अफ्रिका र ल्याटिन अमेरिका जस्ता कमजोर आर्थिक अवस्था भएका देशका प्रमुख कार्यकारीहरुलाई प्रभावमा राख्न उनीहरु निकटलाई बिभिन्न प्रोजेक्ट दिएर चीनले कसरि आफ्नो प्रभुत्व कायम गर्दैछ भन्ने कुराको उजागर गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved