लामो दूरीका सवारी चलाउन बन्यो ‘एक्सन प्लान’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 06:04:35 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायीहरुले लामो दूरीका यातायात पनि चलाउन सकिने प्रस्ताव गरेका छन् । यातायात व्यवस्था विभागमा भएको छलफलमा यातायात व्यवसायीहरुले वातावरण सहज भए लामो दूरीमा चल्ने सवारीका साधन पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन् ।

व्यवसायीसँग कुनै छलफल नै नगरी सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट देखिएका व्यवसायीहरुले लामो दूरीका सवारी पनि चलाउन सकिने प्रस्ताव गरेका हुन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकार आफूहरुका मागप्रति सरकार सकारात्मक बने लामो दूरीको सवारी पनि चलाउन सकिने प्रस्ताव गरिएको जानकारी दिए । 

आजको छलफलमा सहभागी भएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीम ढकालले सरकारले लकडाउनपछि सवारीका साधन चलाउन जारी गरेको प्रोटोकलका विषयमा छलफल भएको बताए । उनका अनुसार आज भएको छलफलमा यात्रुहरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँदै आवागमनलाई पनि सहज बनाउने निर्णय भएको छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार छलफलपछि सवारी सञ्चालन गर्न ‘एक्सन प्लान’ बनाईएको छ । ‘एक्सन प्लान’ मा सरोकार राख्ने विभिन्न निकायको जिम्मेवारी तोकिने र कुन निकायको जिम्मेवारी के हुने भन्नेबारे अर्को बैठकले निष्कर्ष निकाल्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved