लगानी बोर्डको सीईओ नियुक्तिमा ओलीमाथि प्रचण्ड हाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 06:53:35 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि  सत्तारुढ दल नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाबी भएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नरमा ओलीले आफ्नो रोजाईको उम्मेदवार चयन गरेपछि भागबण्डाको आधारमा प्रचण्डले लगानी बोर्डको सीइओमा आफ्नो रोजाईको व्यक्ति हुनु पर्ने अडान लिएको स्रोतले जनाएको छ  । 

प्रचण्ड हाबी भएसँगै बोर्डको सीइओ बन्ने दौडबाट दाबेदार मानिएका सुशील ज्ञवाली आफै पछि हटेको स्रोतले जनाएको छ । सिफारिस समितिले सीईओ नियुक्तिका लागि शुक्रबार अन्तरवार्ता लिएकोमा अन्तरवार्तामा राष्ट्रिय पुननिर्माण प्राधिकरणको सीईओ रहेका ज्ञवाली उपस्थित भएनन् । स्रोतका अनुसार प्रचण्ड हाबी भएसँगै आफु नियुक्त नहुने संकेत पाएपछि उनी बाहिरिएका हुन् ।

अन्तरवार्तामा छनौटमा परेका चण्डिका भट्ट, रामकृष्ण खतिवडा, डा. सरोज कोइराला, दीपकराज जोशी र सुशील भट्ट सहभागी भएका छन् । नियुक्ति  प्रक्रियामा प्रचण्ड हाबी भएसँगै उनी निकट रहेका सुशील भट्ट सीइओ बन्ने सम्भावना प्रबल रहेको स्रोतले जनाएको छ  । 

 ज्ञवालीले पनि आफूले धेरै तिर सल्लाह गर्दा प्राधिकरणको सीइओको समयावधि कायम रहेसम्म यतैको भूमीका निर्वाह गर्ने सुझाव पाएका कारण आफू प्राधिकरणकै बाँकी काममा केन्द्रित हुने बताएका छन् । 

 अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले सीईओ नियुक्तिका लागि शुक्रबार अन्तरवार्ता लिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved