कर्मचारीले मास्क नलाए हाकिमलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 09:35:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मास्क नलगाई हिड्ने व्यक्ति तथा कर्मचारीलाई मात्र नभई अब सम्बन्धित कार्यालयका प्रमुख तथा सञ्चालकलाई समेत कारवाही गरिने भएको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वाथ्य मापदण्ड तथा गृह मन्त्रालयद्धारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना नगर्ने कर्मचारीका सञ्चालकलाई समेत कारवाही गर्ने भएको हो ।  

बुधबार गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सोका सञ्चालक समेतलाई कारवाही गर्ने चेतावनी दिएको हो । उक्त विज्ञप्ती अनुसार मास्क नलगाउने तथा स्वास्थ्य मापदण्ड उल्लघंन गर्नेलाई दण्ड जरिवाना समेत गर्ने जनाइएको छ । 

सरकारले बिहीबारदेखि लागु हुनेगरी काठमाडौँ उपत्यका र २ सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा पुनः जोरबिजोर प्रणाली लागु गर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved