७ जिल्लामा मात्र जोर बिजोर प्रणाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 11:40:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज बिहिबारदेखि सवारीका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलन नदिन निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो ।

यद्यपि गृहले देशभर नभई २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लामा मात्र जोर बिजोर प्रणाली लागु गरेको हो   । स्वास्थ्य मन्त्रालयको अनुसार बुधबारसम्मको तथ्यांकको आधारमा उपत्यका बाहेक ४ जिल्लामा मात्र २ सय भन्दा बढी सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार उपत्यका बाहिर हाल मोहत्तरी, रौतहट, पर्सा र कैलालीमा मात्र २०० बढी सक्रिय संक्रमित छन् । त्यस्तै उपत्यकाका ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एकै जिल्ला मानिने भएकोले जोर बिजोर प्रणाली यी ७ जिल्लामा मात्र लागु हुने छ ।

त्यस्तै यी जिल्लामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सार्वजनिक सवारीका साधन पूर्ण रुपमा बन्द गरिनेछ भने शहरी क्षेत्रमा बेलुका  ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न पाइने छैन  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved