बोतलको पानीमा २ रुपैयाँ मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 04:40:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बोतलको पानीमा २ रुपैयाँ घटाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रशोधित पिउने पानीको मूल्य निर्धारण गर्दै बोतलको पानीको मूल्य घटाएको हो । 

यसअघि १८ रुपैयाँ कायम गरिएको प्रति बोतल पानीको मूल्य १६ कायम गरिएको छ । भदौ १० गतेपछि काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित काभे्रपालान्चोक जिल्लामा एक लिटर पानीको कम्पनी मूल्य १६, प्रति बक्सा ११५ कम्पनी मूल्य र बजार मूल्य १३५ कायम हुनेछ । 

पिउने पानीको उत्पादन र बिक्री वितरण कार्यलाई सुव्यवस्थित गरी उपभोक्ताले सुलभ तरिकाले सुपथ मूल्यमा जार तथा बोटलका प्रशोधित पिउने पानी प्राप्त गर्न सकुन भनेर मूल्य निर्धारण गरिए विभागका अधिकारीहरु बताउँछन् । 

गत असार २५ गते विभागले अनुगमन शाखाका निर्देशक सागर मिश्रको संयोजकत्वमा ५ सदस्यीय स्थलगत निरीक्षण समिति गठन गरेको छ । एक महिनाको अबधिमा उक्त समितिले २१ पानी उद्योगको अनुगमन तथा अध्ययन गरेर मूल्य निर्धारण गरेको जनाइएको छ । 

उक्त समितिमा सदस्यका रुपमा खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल बोटलर्स वाटर एसोसिएसनका महासचिव धुव्रबहादुर गौतम र विभागका अनुगमन अधिकृत ध्रुव खनाललाई राखिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved