बुधबार काठमाडौँका १३७ जनामा कोरोना पुष्टि

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 12, 2020 | 04:36:54 PM मा प्रकाशित

tansen cement

बुधबार काठमाडौँ उपत्यकाका १३७ जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १४ सय ४५ जना पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका १०९ जना,  ललितपुरका २० र भक्तपुरका ८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित बढ्दै गएका छन् । हिजो मात्रै उपत्यकाका १३३ जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved