शनिबार ४६८ जना कोरोना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2020 | 04:27:42 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २५  हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १७ हजार २०१ जना संक्रमित उपचार पश्चात निको भएका छन् । शनिबार मात्रै १२४ जना डिस्चार्ज भएका छन् । हाल ८ हजार १ सय ९३ जना उपचाररत छन् । 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved