अर्थको जिम्मा आफैँसँग राख्दै प्रधानमन्त्री, डा. खतिवडा झनै ‘पावरफुल’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2020 | 11:35:44 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सभामा मनोनित भएर सांसद बन्ने बाटो बन्द भएपछि सम्भवत: युवराज खतिवडाले अर्थमन्त्री पदबाट राजिनामा दिनेछन्। बिहिबार साँझ नै राजिनामा दिन तयार भएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले 'शुक्रबारसम्म पर्खनुहोस' भन्ने निर्देशन दिएपछि राजिनामा रोकिएको थियो। 

खतिवडालाई नै अर्थमन्त्री बनाउने चाहनामा बामदेब गौतमले तगारो हालेपछि प्रधानमन्त्री ओली अन्तिम प्रयासमा लागेका छन्। नल्याउँदा पार्टीभित्रको किचलो बढ्ने निष्कर्षमा पुगेर नै ओलीले बिहिबारको सचिवालय बैठकमा बामदेवलाई राष्ट्रिय सदस्यमा आफैले प्रस्ताव गरेका थिए। गौतम बर्दियाबाट चुनावमा हारेका हुन् । 

राष्ट्रिय सभामा मनोनित भएसँगै उपप्रधानमन्त्री र अर्थमन्त्री पद पनि आफूले पाउनु पर्ने माग गरेपनि प्रधानमन्त्री यो जोखिम लिने पक्षमा छैनन्। कुनै पनि विकल्प खोजेर खतिवडालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिने पक्षमा ओली देखिन्छन् । 

त्यसैले अर्थ मन्त्रालय आफैंले लिएर त्यसको व्यवस्थापन गर्नेगरि प्रमुख सल्लाहकारमा खतिवडालाई ल्याउने विकल्पमा समेत प्रधानमन्त्री ओलीले छलफल गरेका छन्। खतिवडा भन्दा उत्तम व्यक्ति अहिलेलाई नभएकाले आफुले उनले नै जिम्मेवारी पाउनेगरि कुनै भूमिका दिनेबारे प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई जानकारी गराईसकेका छन्। 

ओलीको क्याबिनेटमा ३० महिना मन्त्री बनेका व्यक्तिलाई सल्लाहकार वा आर्थिक सल्लाहकार मात्र बनाउँदा हाइट घट्ने भन्दै उनलाई नै प्रमुख सल्लाहकार दिने ओलीको तयारी रहेको स्रोतको दाबी छ। तर यसका लागि ओलीका लागि जे पनि गर्न तयार हुने सबै भन्दा निकटका व्यक्ति बिष्णु रिमालको व्यवस्थापन कसरी गर्ने भन्ने बिषय जटिल बनेको छ। 

तर अहिलेलाई रिमाललाई अमेरिकाका लागि राजदुत बनाउने वा त्यस्तै कुनै निकायमा जिम्मेवारी दिनेबारे पनि छलफल अगाडी बढेको छ। तर प्रधानमन्त्री ओली कुनै पनि हालतमा अर्थमन्त्रालय र खतिवडालाई गुमाउने पक्षमा नभएको स्रोतको दाबि छ। स्रोत भन्छ, 'बिष्णु रिमाल पद भन्दा पनि ओलीलाई साथ  दिन सल्लाहकारमा आएका हुन्, ओलीका लागि उनले जे पनि त्याग्न सक्छन्, खतिवडालाई प्रमुख सल्लाहकार बनाएर अर्थमन्त्रीको जिम्मेवारी खतिवडालाई दिनलाई प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दैन'। 

खतिवडाको कार्यकाल गोलाप्रथाबाट दुई वर्षको लागि टुङ्गो लागेको थियो, जुन २० फागुन २०७६ मा सकेको थियो। संसद सदस्य नरहेको व्यक्ति ६ महीनासम्मको लागि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेका थिए। त्यसरी मन्त्री हुने व्यक्ति ६ महीनाभित्र संसद सदस्य नभए मन्त्री पद गुम्ने संवैधानिक व्यवस्था अनुसार खतिवडाको अर्थमन्त्रीको पद २० भदौमा सकिंदै छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved