प्याजमा कालोबजारी गर्ने ६ पसललाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 08:49:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा प्याजको कृत्रिम अभाव सिजर्ना गरी कालोबजारी गरेको भन्दै ६ जना आलु तथा प्याज व्यापारीलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बिहीबार काठमाडौँका विभिन्न सञ्चालन गरिएको ती व्यापारीलाई कारवाही स्वरुप जरिवाना गरेको हो । 

प्याज व्यापारीलाई न्यूनतम रुपमा ५५ हजारदेखि ३ लाख रुपैयाँ सम्म जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार बिहीबार प्याज (तरकारी) पानी तथा खाद्यान्नका ८ पसललाई कारवाही गरी १४ लाख ८० हजार राजश्व संकलन गरिएको छ । 

काठमाडौँको वडा नम्बर ३२ तिनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जी भण्डार, दुलाल आलु भण्डार र विजेश गौतम (व्यवसायी) गरी तीन व्यवसायीलाई प्रति व्यक्ति रु ५५÷५५ हजार, काठमाडौँ १३ मा रहेको रञ्जन आलु प्याज भण्डार १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर २ लाख ५० हजार गरी ५ लाख जरिवाना गरिएको हो । यसैगरी न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई २ लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता स्वरस्वती खाने पानी प्रालिलाई २ लाख ५० हजार गरी आठ पसललाई कारवाही गरिएको विभागले जनाएको छ । 

सबै फर्मलाई अनुचित व्यापारीक क्रियाकलाप गरेको भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ क वमोजिम अनुचित व्यापारीक क्रियाकलाप अनुसार कसुर गरेकोले ३१ (१) अनुसार जरिवाना गरिएको विभागले जनाएको छ । 

नेपाली बजारमा प्याजको मूूल्य अनुचित रुपमा बृद्धि भएको छ । तरकारी बजारका व्यापारीले महङ्गोमा प्याज बिक्री गर्नथालेपछि विभागले तरकारी बजारलाई लक्षीत गर्दै बजार अनुगमनलाई तिव्रता दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved