विमान दुर्घटनामा २५ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2020 | 11:41:19 AM मा प्रकाशित

laxmi  sunrise bank

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा कम्तीमा पनि २५ जनाको मृत्यु भएको छ । शुक्रबार सो विमान दुर्घटनमा परेको थियो ।

युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको हो । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ । त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ ।

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । रक्षा मन्त्रालयले यस विमान इन्जिन फेल भएका कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट हो भनेको छ । विमान दुर्घटनामा बारे अनुसन्धान जारी रहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved