थप १५ सय ७३ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 04:23:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आईतबार थप १५ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल १५ सय ७३ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ५३ हजार ८९८ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ८ सय ८५ जना कोरोना जितेर घर फर्किएका छन् । हाल १९ हजार १९ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४ सय ७७ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved